भारत : नाबालिगले पब्जीका लागि गरे आमाको हत्या, ३ दिन शवसँगै बसे अनि गरे पितालाई भिडियो कल

पब्जी खेल्न नपाएपछि आक्रोशित १६ वर्षीय छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् । त्यसपछि आमाको शवसँगै तीन दिनसम्म घरमै बसे । उनले १० वर्षीया बहिनीलाई पनि धम्की दिए र घरबाट बाहिर निस्कन दिएनन् । शव कुहिएपछि दुर्गन्ध फैलिन थालेपछि सेनामा अधिकारी पितालाई आफैंले फोन गरेर आमाको हत्या गरेको जानकारी दिए । पिताको जानकारीपछि मंगलबार राती प्रहरीले शवलाई घर बाहिर निकाले ।नवीन कुमार सिंह, मूल रूपमा वाराणसीका, सेनामा एक जुनियर कमिसन्ड अफिसर हुन् । उनको पोस्टिङ पश्चिम बंगालमा छ । लखनउको पीजीआई क्षेत्रको