चलचित्र ‘छक्का पञ्जा ४’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । गुण्डागर्दीदेखि नेतासम्मको राजा नामको चरित्रको यात्रालाई ट्रेलरमा देखाइएको छ ।
लक्की मिडिया हाउस चितवनले आयोजना गरेको लक्की फिल्मी अवार्ड २०८० मा चलचित्र छक्का पञ्जा-४ को वर्चस्व कायम गरेको छ । बिहीबार आयोजना गरिएको अवार्ड वितरणमा चलचित्र छक्का पञ्जा–४ ले उत्कृष्ट चलचित्र अवार्डसहित पाँचवटा विधामा अवार्ड हात परेको छ । चलचित्र छक्का पञ्जा-४ ले उत्कृष्ट चलचित्रको अवार्डसँगै उत्कृष्ट कथा लेखन विधामा दीपकराज गिरी, उत्कृष्ट गायक महिलातर्फ …
काठमाडौं : फिल्म ‘छक्का पञ्जा ४’ले २१ करोडको व्यापार गरेको छ। फागुन १९ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले पाँच सातामा बक्सअफिसमा २१ करोड कलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिए।
छैटौँ सातामा पुग्दा पनि फिल्मलाई दर्शकको राम्रो साथ रहेको उनले बताए। उनी भन्छन्, ‘छक्का पञ्जा ४ लाई दर्शकको राम्रै साथ छ।…
‘छक्का पञ्जा ४’ ले प्रदर्शनको दोस्रो सातासम्म पुग्दा १० करोड रुपैयाँ कमाइसकेको छ। अहिले पनि राजधानी र मोफसलमा यो फिल्मको कमाइ बढ्दो छ। फिल्मले समीक्षात्मक रुपमा पनि राम्रै 'कमेन्ट' पाइरहेको छ।
दर्शकको साथ र आर्थिक रुपमा पनि बलियो भए पनि चौथो सिरिजसम्म आइपुग्दा फिल्मले पुरानै गल्तीहरु दोहोर्याइरहेको देखिन्छ। सुरुवातको…
काठमाडौं, फागुन २० । नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहेका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन् । यस अगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् । यसमा […]
काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौला निर्मित ‘छक्का पञ्जा ४’ आगामी १९ फागुनमा रिलिज हुँदैछ । यो चलचित्रको प्रदर्शन नजिकिँदै गर्दा पहिलो गीत ‘दर्शन सलाम’ सोमबार रिलिज गरिएको छ । यो गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको छ । यो गीतलाई राजेन्द्र थापाले लेखेका हुन् । जसमा संगीतकार दीपक शर्माको संगीत रहेको […]
The post आयो छक्का पञ्जा ४ को ‘दर्शन सलाम’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : फिल्म ‘छक्का पञ्जा ४’ को छायाङ्कन सकिएको छ। काभ्रेको पनौतीमा आइतवार फिल्मको सुटिङ 'इन्डक्याल्प' गरिएको फिल्मका मुख्य कलाकार दीपकराज गिरीले जानकारी दिए।
दुई सेड्युलमा तय गरिएको यस फिल्मको छायाङ्कन दुई महिनामा पुरा भएको हो। निर्माता समेत रहेका दीपकले अब आफूहरु पोस्टप्रोड्क्सनसँगै प्रचारप्रचारमा लाग्ने बताए।
फिल्ममा दीपकका साथै दीपाश्री…
काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘छड्के २’ र दीपकराज गिरी, दीपाश्री निरौलाको महत्वकाँक्षी चलचित्र –छक्का पञ्जा–४’ एकै दिन रिलिज हुँदैछ । यी दुबै चलचित्र आगामी १९ फागुनबाट छन् । त्यो साता चार वटा विदा भएकाले यी दुई ठुला बजेटका फिल्म आपसमा भिड्न लागेका हुन् । १९ फागुनमै रिलिज गर्ने भन्दै फस्ट लुक्सको […]
The post पोष्टरदेखि नै छड्के र छक्का पञ्जा ४ को प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ,७ पुष । छक्का पञ्जा ४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए । चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उनको भनाइ छ । “चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौँ”, उनले भने । हेमराज […]
दीपक राज गिरी र दीपाश्री निरौलाको टिमबाट निर्माण भएको पछिल्लो फिल्म ‘छक्का पञ्जा ४’ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शनमा ल्याइन लागेको हो । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय छ ।नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मक
काठमाडौँ– नेपालको बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘छक्का पञ्जा’ को चौथो सिरिजको छायांकन आउँदो असारबाट सुरु हुने भएको छ । दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्का पञ्जा ४’ को छायांकनमा लाने अन्तिम तयारीमा टिम रहेको छ । सामाजिक र राजनीतिक कथावस्तुमा बन्ने फिल्म ‘छक्का पञ्जा ४’ को स्क्रिप्टको काम लक्ड भएसँगै फिल्म फ्लोरमा […]