श्रीलङ्काका राष्ट्रपति गोताबाया राजापाक्षले आम सर्वसाधारणलाई जातिय र धार्मिक वैमनस्यता बढाउने प्रयासको विरोध गर्न आह्वान गरेका छन् । देशमा छाएको चरम आर्थिक संकट सम्बोधन गर्न सरकार असक्षम भएको विरोधमा धेरै स्थानमा हिंसा भड्किरहँदा राजापाक्षको यस्तो आह्वान आएको हो । यो साता विभिन्न स्थानमा सडक प्रदर्शन हिंसात्मक हुँदा ८ को मृत्यु भएको थियो । प्रधानमन्त्री महिन्द्रा राजापाक्षका दाइको राजीनामापछि पनि प्रदर्शन कम भएको छैन । सरकारले अहिले फौजलाई सार्वजनिक सम्पतिमा हानी पुर्याउने र कसैको ज्य