मास्क लगाउन बानी पार्ने सूत्र

काठमाण्डाै - घरबाट बाहिर हिँड्दा मास्क बोक्न अनिवार्य भयो । मास्कले नाक, मुख ढाक्नैपर्छ भन्ने छैन । लेनिनको दाह्रीजस्तो चिउँडोमा झुण्ड्याए पनि भयो । टाउकोमा चश्मा भिर्नेले जस्तो निधारमाथि बाँधे पनि भयो । फूल सिउरिएझैँ कानमा सिउरिए पनि भयो । हातले चाबी हल्लाउँदै हिँडे जसरी औँलामा झुण्ड्याउँदै हिँडे पनि भयो । जे जसरी लग...