प्रदेश १ मा सबैभन्दा कान्छो सांसद बने जीवन आचार्य, ज्येष्ठ सांसदमा गयानन्द मण्डल

प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित ५६ सांसदमध्ये माओवादी केन्द्रका नेता जीवन आचार्य सबैभन्दा कान्छो सांसद भएका छन् । आचार्यको उमेर ३६ रहेको छ । यस्तै सबैभन्दा बढी उमेरका काँग्रेसका गयानन्द मण्डल बनेका छन् । उनी ७९ वर्षका हुन् । आचार्य मोरङको क्षेत्र नम्बर ६ (१)बाट निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार रिता न्यौपानेलाई पराजित गरेका हुन् । ३६ वर्षीय आचार्यले आफूभन्दा ८ वर्षले जेठी न्यौपानेलाई १ हजार ८७८ मतले पराजित गरेका हुन् । उनले १९ हजार ४५५ मत ल्याउँदा न्यौपानेले