इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुनः उडान थालिएको हो । गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।
इलाम । उडान भर्न थालेको केही महिना नहुँदै इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः हवाई सेवा बन्द भएको छ। शिलान्यास भएको ११ वर्षपछि बल्लतल्ल सुरु भएको उडान सेवा बन्द भएकाे हाे। इलाम नगरपालिकाले तारा एयरसँग इलाम-काठमाडौं हवाई उडानका लागि सम्झौता गरेको समय सकिना साथ उडान सेवा बन्द भएपछि अहिले इलामका बासीन्दाले हवाई सेवा नियमित गर्न माग […]
सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उडान–अवतरणका लागि तयार भएको छ। सामान्यबाहेक विमानस्थल निर्माणको सबै मुख्य कार्य पूरा भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अब विमान उडान–अवतरण गराउन सकिने जनाएको छ।