छोरो आउने आशमा १९ वर्ष बित्यो, बल्ल काजकिरिया

११ कात्तिक, विराटनगर । यमपञ्चक सुरु भइसकेको थियो । अन्तजस्तै कानेपोखरी-४ (साविक बयरवन-६) मा पनि तिहारको माहोल थियो । किनमेलका लागि भन्दै २४ वर्षीय सुनिल धिमाल दोहमना बजार गएका थिए । बजारबाट फर्किंदै गर्दा बाटोमा नेपाली सेनाको टोलीले उनलाई नियन्त्रणमा लिएर बेपत्ता बनायो । कारण उनी माओवादी आन्दोलनमा लागेका थिए र सुरक्षाकर्मीको ‘हिटलिस्ट’मा थिए । […]