काठमाण्डाै – नेपाल वायु सेवा निगमले अनुमतिविनै उडान गर्न खोजेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
हिजो आइतवार नेपाल वायु सेवा निगमले प्राधिकरणबाटै उडान स्वीकृति नलिइकनै भारतको नयाँ दिल्लीमा उडान गर्न खोजेको र यो क्रियाकलाप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
उडान स्वीकृति नै नलिइकन उडान गर्न खोजेको, गैरकानुनी तरिकाले बोर्डिङ पास वितरण गरेको, यात्रुलाई टिकट बेचेर समयमै खबर नगरिकन अलपत्र ...