'उपधारा (२) बमोजिमको कुनै सदस्य' कस्तो ?, व्याख्या हुनुपर्छ : राजदूत आचार्य

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले संविधानको धारा ७६ को उपधारा २ को व्याख्या हुनुपर्ने बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सो विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा बहस जारी रहेका बेला राजदूत आचार्यले यस्तो बताएका हुन् ।सर्वोच्च अदालतमा परेको मुद्दामा संविधानको उपधारा ५ मा अनुसार सरकार बनाउँदा एक दलको सांसदले अर्को दलको सांसदलाई प्रधानमन्त्रीमा दलको नभई सांसदको हैसियतले समर्थन गर्न पाइने कि नपाइने भन्ने बहस भइरहेको छ ।आइतबार सामाजिक सञ्ज