काठमाण्डाै – आइतबारदेखि देशभरिकै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र साेमबार देशभरकै मौसम सामान्यतया सफा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
अहिले काठमाण्डाैसहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्ने ...