मोबाइल पानीमा खसे के गर्ने ?

मोबाइललगायतका इलेक्ट्रोनिक डिभाइसहरू पानीका कारण बिग्रने समस्या आउने गर्छन् । यद्यपि सामान्य सावधानीले मात्रै पनि पानीबाट मोबाइल जोगाउन सकिन्छ । यस्ता छन् केही टिप्स: मोबाइल बन्द गर्नुहोस् यदि तपाईंको मोबाइल पानीमा खसेको छ भने त्यसलाई तुरुन्तै बन्द गर्नुपर्छ । यदि यस्तो गर्नु भएन भने पानीका कारण फोनको चिपमा भएको सर्किटहरू आपसमा जोडिन सक्ने सम्भावना हुन्छ, जसकारण तपाईंको मोबाइल खराब हुन सक्छ । साथै फोनमा स्पार्किङको समस्या पनि आउन सक्छ । यस्तो अवस्थामा फोनमा भएका सम्पूर्ण पाटपुर्जाहरू तुरुन्तै हटाउनुपर्छ ।  ब्य...