स्थानीय तहले कानुन बनाउँदा विवाद : १५ रिट संवैधानिक इजलासको हेर्दा हेर्दैमा

काठमाडौं । स्थानीय तहले शिक्षासम्बन्धी ऐन बनाउँदा संघीय कानुनसँग बाझिएको भन्दै परेका रिटमा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भएको छ। स्थानीय तहले कानुन बनाउँदा संघीय कानुन र साझा अधिकार सूची ख्याल नगरेको भन्दै विभिन्न विद्यालय र व्यक्तिहरुले दायर गरेका १५ रिटमा सुनुवाई नसकिएपछि संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको छ ।...