करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल दुवैले एकले अर्कालाई नक्कली कम्युनिस्टको आक्षेप लगाइरहेका छन्।वामपन्थीको सरकार ढालेर कांग्रेसलगायतका पार्टीसँग मिली दक्षिणपन्थी सरकार बनाउन पहल गरेको र संसदीय इतिहासमा सबैभन्दा कलंकित भएकाले नेपाल नक्कली कम्युनिस्ट भएको ओलीको तर्क छ। गत असार २८ गते सर्वोच्च अदालतले शेरबहा