हरेक पालिकामा ६ महिनाभित्र सामूहिक कृषि उद्यम सुरु गर्न प्रचण्डको प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हरेक पालिकामा ६ महिनाभित्र सामूहिक कृषि उद्यम सुरु गर्न प्रस्ताव गरेका छन् ।  पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले हरेक पालिकामा कम्तीमा ५० जना संलग्न गरी कृषि उद्यम उद्योग ६ महिनाभित्र स्थापना गर्ने उल्लेख गरेका हुन् ।स्थानीय स्रोत, बजार ख्याल गरेर खाद्यान्न, फलफूल, तरकारी, पशुपालन, नगदेबाली, घरेलु तथा साना उद्योग छान्न सकिने उनको भनाइ छ । जमिनको चक्लाबन्दी गरी किस