धमाधम स्वास्थ्यकर्मी संक्रमित, अस्पतालको सेवा कटौती

कोरोना संक्रमितको संख्या ह्वात्तै बढे पनि चितवनका अस्पतालहरूमा उपचारका लागि भर्ना हुने संक्रमितको चाप खासै छैन । तर, अस्पतालका चिकित्सक, नर्स, प्राविधिकसहितका स्वास्थ्यकर्मीहरू धमाधम संक्रमित हुन थालेकाले उपचार सेवा प्रभावित भएको छ । संक्रमण दर यस्तै रहे आउँदा दिन झनै कठिन हुन सक्ने आकलन उपचारमा संलग्न चिकित्सकहरूको छ ।