प्रेरक प्रसङ्ग : जस्तो कर्म, त्यस्तै फल

बुढापाकाहरूले जसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ भन्ने गरेका भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । तर, त्यो किन र कसरी भन्ने कुरा भने थाहा नहुन सक्छ । त्यसैले यहाँ यस्तै प्रसङ्ग प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसलाई पढेपछि तिमीहरू आफैँ यसबारे प्रष्ट हुन सक्ने छौ ।धेरै पहिलेको कुरा हो । एक दिन एउटा पोखरीमा सानो कमिला खस्यो । तत्कालै कसैले उद्धार नगरे उसको मृत्यु निश्चित थियो । एउटै रुखमा बस्दै आएको कमिलाको विजोग परेवाले हेरेर बस्न सकेन र चुचोले ढुँगेर रुखको एउटा पात पोखरीमा खसाइदियो । कमिलाले त्