पोल्याण्ड र बुल्गेरियालाई ग्याँस आपूर्ति बन्द

मस्को : रूसले युक्रेन युद्धमा आफ्नो विरोध गर्दै आएका पोल्याण्ड र बुल्गेरियालाई ग्याँस आपूर्ति बन्द गरेको छ। रूसी ग्याँस कम्पनी गजप्रोमले पोल्याण्ड र बुल्गेरियालाई बुधबारदेखि ग्याँस आपूर्ति बन्द गरेको जानकारी दिएको छ। रूस युरोपका लागि ग्याँसको प्रमुख आपूर्तिकर्ता हो।२४ फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरु गरेपछि रूसले पहिलोपटक पोल्याण्ड र बुल्गेरियाविरुद्ध यस्तो कदम चालेको हो। ती देशले रूसी व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएपछि रूसले यो कदम चालेको हो।युक्रेनमा आक्रमण गरेपछि अमेरिकाको नेतृत्वमा