स्थानीय तह र स्वमूल्याङ्कनको नतिजा

देशभरका स्थानीय तहहरूले आफ्नो संस्थागत क्षमता मापन गर्ने प्रणालीका रूपमा रहेको संस्थागत क्षमता स्वमूल्याङ्कन (एलआईएसए— लिजा) को पछिल्लो नतिजा हालै सार्वजनिक भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी गरी स्थानीय तहहरूको स्वमूल्याङ्कन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०७७-७८ को मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो । […]