देउवाले गरे गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गरेका छन्। काठमाडौँको अनामनगरस्थित राखिएको गिरिजाप्रसादको अर्धकदको सालिक प्रधानमन्त्री देउवाले मंगलबार अनावरण गरेका हुन्। नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष, नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको सालिक उनको जन्मजयन्तीको अवसर पारेर अनावरण गरिएको छ। अनामनगरस्थित गिरिजाप्रसाद स्मृति भवनमा सालिक राखिएको […]