बैतडी : बैतडीको सुर्नया गाउँपालिका–६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो।प्रहरी प्रवक्ता खड्काले भने, ‘पक्राउ परेका दुबैजनामाथि अदालतबाट म्याद थपेर थप अनुसन्धान सुरु गरेका छौँ।’ उनीहरू दुबैजना गाउँका एक विद्यालयका शिक्षक समेत