काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसदहरुलाई बालुवाटार बोलाएका छन्। शनिबार मध्यान्ह प्रधानमन्त्री देउवाले कांग्रेसका ८९ जना सांसदहरुलाई बालुवाटार बोलाएका हुन्। नयाँ सरकार गठनका लागि राष्ट्रपति भोलि साँझ ५ बजेसम्मको समय दिएसँगै प्रधानमन्त्री देउवाले साढे १२ बज बालुवाटार बोलाएको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सांसदहरुलाई बालुवाटार बोलाएका हुन् स्रोतका अनुसार आजै उनीहरूको हस्ताक्षर संकलन गरिनेछ।