पूर्वआईजीपी खनाल एमालेबाट काठमाडौं क्षेत्र नं. ६ का उम्मेदवार

काठमाडौं । प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र नं. ६ मा नेकपा एमालेले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ । खनाल केही दिन अघि मात्र एमालेमा प्रवेश गर्नुभएको थियो ।