गरिबीको रेखामुनि रहेकाको जीवनस्तर माथि उठाइने- मन्त्री बस्नेत

सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गरिबीको रेखामुनि रहेकाको जीवनस्तर माथि उठाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन्। नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज नयाँपाटीमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले भनिन् – “देशभर दर्ता भएका ३४ हजार सहकारीमार्फत कार्यक्रम सञ्चालन गरी गरिबीका रेखामुनि रहेकाका २१ दशमलव ६ प्रतिशत नागरिकको जीवनस्तर माथि उठाइने छ ।”…