त्रिकोणात्मक शृंखला: पीएनजीविरुद्ध सानदार जित हात पार्दै नेपाल फाइनलमा

हङकङमा जारी त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध सानदार जित हात पारेको छ । वर्षाका कारण पहिलो खेल रद्द भएपछि हङकङसँग १/१ अंक बाँडेको नेपालले दोस्रो खेलमा मंगलबार पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।