काठमाडौंका भित्री बस्तीमा चारपाङ्ग्रे सवारी निषेध

काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त भएका छन्। भित्री बस्तीका ११ वडाध्यक्ष र स्थानीय प्रतिनिधिले ट्राफिक महाशाखाको सहकार्यमा माघ २ बाट इन्द्रचोकदेखि क्षेत्रपाटीसम्म चारपाङ्ग्रे सवारी निषेध गरेको हो। भिडभाडयुक्त ठाउँमा सवारी निषेध गर्दा आवागमन सहज भए पनि व्यापारिक कारोबार र आपतकालीन अवस्थामा समस्या पर्ने केही स्थानीयले औंल्याएका छन्। निषेध गरिएका क्षेत्रमा वडा नम्बर १७, १८,…