सुनसरी ३ : एमालेकी भगवती चौधरीको जित पक्का

विराटनगर : सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको जित पक्का भएको छ। ३ हजार ६ सय मत गणना गर्न बाँकी हुँदा चौधरीले ५ हजार ४ सय ३४ मतको अग्रता कायम गरेकाले उनको जित सुनिश्चित भएको हो। पछिल्लो मतपरिणाम अनुसार चौधरीले ३९ हजार २ सय ९७ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३३ हजार ८ सय ६३ मत प्राप्त गरेका छन्।  

सम्बन्धित सामग्री

छैटौंपटकका विजेता गच्छदार सातौंपटक पराजित

विराटनगर ।  सुनसरी क्षेत्रनम्बर ३ मा नेकपा (एमाले) की भगवती चौधरी विजयी हुनुभएको छ । ४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदै एमाले उम्मेदवार चौधरीको जित सुनिश्चत भएको हो । दुईपटकको हारको बदला लिँदै विजयी भएकी चौधरीले सार्वजनिक भएको पछिल्लो मतगणनाअनुसार ३९ हजार २ सय ९७ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका […]

तेस्रो पटकमा गच्छदारलाई हराउँदै भगवतीको संसद्‍ यात्रा

सुनसरी–३ बाट दुई पटकसम्म पराजय भोगेकी भगवती चौधरी तेस्रोपटक ऐतिहासिक जित निकाल्न सफल भएकी छन् । अपराजित यात्रामा रहेका नेपाली कांग्रेसका उम्मेदवार तथा पाँच पटकसम्म उपप्रधानमन्त्री भइसकेका विजयकुमार गच्छदारलाई पराजित गर्दै चौधरी विजयी भएकी हुन् ।

बहुदलपछि सुनसरी ३ ले पहिलो पटक सांसद फेर्‍यो, गच्छदारलाई हराउँदै भगवती विजयी

दुई पटकको हारको बदला लिँदै सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् । गणना नसकिँदै चौधरीको जित सुनिश्चित भइसकेको छ ।

निर्वाचन ब्याटल : तेस्रो भिडन्तमा गच्छदार र चौधरी

विराटनगर :  मंसिर ४ को निर्वाचनमा चासोको क्षेत्र बनेको सुनसरी क्षेत्र नम्बर  ३ का कांग्रेस नेता विजयकुमार गच्छदार र एमाले नेतृ भगवती चौधरी पनि अन्य उम्मेदवारहरू जस्तै यतिबेला आफ्ना क्षेत्रका मतदाताहरू माझ पुगेर भोट माग्न व्यस्त छन्।तेस्रो पटक गच्छदार र चौधरी  चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। २०७४ को निर्वाचनमा झिनो मतले जितेका गच्छदार यो निर्वाचनमा पनि जित हासिल गर्ने दाउमा छन्। भने, अघिल्लो निर्वाचनको हार जितमा बदल्ने कसरतमा चौधरी लागि परेकी छिन्।जित्ने दौडमा पुनः च

ब्याटलग्राउन्ड सुनसरी–३ : विजय गच्छदार भन्छन्, ‘म ज्यूँदै छु’

प्रतिनिधिसभा अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा परम्परागत प्रतिस्पर्धी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग चिरपरिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरी चुनावी मैदानमा छिन् । यी दुईले चुनावी आपसमा चुनावी प्रतिस्पर्धा गरेको यो तेस्रो पटक हो ।तर, यसअघि ६ वटा निर्वाचनमा जित हासिल गरिसकेका गच्छदारलाई यस पटक रोक्न चौधरीले जोड गरिरहेकी छन् । आसन्न निर्वाचनको नतिजा जस्तो आए पनि यो निर्वाचनले उनीहरूको राजनीतिक जीवनमा अर्को रेकर्ड बनाउने पक्का छ ।सुनसरीको ३

आमनिर्वाचन २०७९: गच्छदारलाई सहज छैन सातौं जित

प्रतिनिधिसभामा सुनसरी–३ बाट तेस्रो पटक प्रतिस्पर्धा गरिरहेका हेभिवेट थारू नेताहरूमा एमालेकी भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदार छन् । दुवै जना यतिबेला जातीय मत कसरी आफ्नो पक्षमा तान्ने भन्ने कसरतमा जोडतोडले लागेका छन् ।

विजय गच्छदार जित नजिक, यस्तो छ परिणाम

काठमाडौं । प्रतिनिधिसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ को मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म कांग्रेसका विजय गच्छदार नेकपा एमालेकी भगवती चौधरी...