नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यन्वयनको पाटो निकै चुनौतीपूर्ण रहेको बताएको छ । आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैया“को बजेट आकार पनि ठूलो भएको चेम्बरले जनाएको छ ।चालु आर्थिक वर्षमा १६ खर्ब ३३ अर्व रुपैया“को बजेट ल्याएपनि खर्च गर्न नसकेर संशोधन मार्फत १४ खर्ब ४७ अर्व ५१ करोड रुपैया“को बनाइएको भन्दै चेम्बरले बजेट यथार्थमा आधारित हुन नसकेको बताएको हो । ठूलो आकारको बजेट घोषणा गर्ने तर खर्च गर्नका लागि संरचनागत सुधा