सरकार र निगमको लाचारीले मारमा सर्वसाधारण– ग्यासका घरायसी र व्यावसायिक उपभोक्ता नै चिनिएन !

सरकारले वर्षौंअघि गरेको निर्णय कागजमै सीमित हुँदा उपभोक्ता मारमा परेका छन् ।  सरकारले २०६९ सालमा ग्यास सिलिन्डरमा दोहोरो मूल्य कायम गर्ने र घरायसी उपभोक्तालाई सहुलियत दिने निर्णय गरेको थियो ।  यद्यपि निर्णय गरेको ९ वर्ष बित्दै गर्दा पनि सो निर्णय कार्यान्वयनमा आउन सकेको छैन । हाल निगमले घरायसी उपभोक्ता र व्यवसायिक उपभोक्तालाई एउटै मूल्यमा ग्यास बिक्री गर्दै आइरहेको छ ।  व्यवसायिक उपभोक्तालाई परेको मूल्यमा ग्यास बिक्री गर्ने र घरायसी उपभोक्तालाई केही सहुलियत दिने सरकारको योजना व्यावहारिक बनाउन नसक्दा...