उपेन्द्र सुब्बालाई दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार

काठमाडौं । यस वर्षको दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार साहित्यकार तथा फिल्मकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित पुरस्कार शुक्रबार काठमाडौंमा आयोजित समारोहमा सुब्बालाई प्रदान गरिएको हो । पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ । १९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका नेम्बाङ बैरागी काइँला, ईश्वर बल्लभ र इन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात […]