चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित, खोप लिन निगमको जहाज आज चीन जाँदै

काठमाण्डाै – चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित भएको छ । ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ४८ लाख डोजबाहेक थप खोप ल्याउन पनि पहल भइरहेको छ । केही समय अघि चीनबाट खरिद गरेर ल्याइएको ८ लाख डोज खोप अहिले वितरण भइरहेको छ । यस अघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यसैबीच, कोरोना भाइरसविरुद्धको खोप लिन आज नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । निगमका अनुसार आजदेखि तीन उडानमार्फत नि...