झापा-५ मा उम्मेदवार बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्नका लागि स्वतन्त्र उम्मेदवारहरू लागिरहेका छन्। झापामा मुख्य प्रतिस्पर्धा एमाले–राप्रपा तालमेल र सत्ता गठबन्धनबीच भए पनि स्वतन्त्र उम्मेदवारहरूले पाउने मत नै निर्णायक मानिन्छ।