लुम्बिनीमा माओवादी-कांग्रेस विवाद: प्रदेश सभापतिलाई हराएका सिजललाई मन्त्री नबनाउने कांग्रेसको अडान

रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा माओवादीले मन्त्री बनाउन सिफारिस गरेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई नाम बुझाइएका सांसद दीपेन्द्र पुन सिजललाई सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले मन्त्री बनाउन नचाहेपछि अहिले विवाद बढेको छ । मंसिर ४ को निर्वाचनमा माओवादीबाट विद्रोह गरेर तत्कालीन गठबन्धनको साझा उम्मेदवार कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई हराएर स्वतन्त्रबाट चुनाव जितेका सिजललाई मन्त्री बनाउने […]

सम्बन्धित सामग्री

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले जिते

काठमाडौँ- यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका तीनजना पूर्वअध्यक्षले चुनाव हारेका छन् । निर्वाचनमा पराजित हुनेमा बलबहादुर केसी, बालकृष्ण खाण र गुरुराज घिमिरे छन् । घिमिरे मोरङबाट प्रदेश सभा सदस्यमा उठेका थिए । तर, उनी एमाले उम्मेदवारसँग पराजित भए । केसी सोलुखुम्बुबाट पराजित भएका हुन् । उनलाई एमाले उम्मेदवारले हराएका छन् । […]