वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुर जिल्लाको आलु, गोलभेडा खेतीमा डढुवा रोगको संक्रमण भइ नष्ट हुन थालेको छ । बालीमा डढुवाको संक्रमण फैलिएर बाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन् ।
कैलालीका किसान नारायण चौधरीले डढुवाको समस्याले आलु र गोलभेडा बाली नोक्सान पु¥याएको गुनासो गरे । उनले भने, “पाँच कठ्ठामा आलुखेती गरिएको थियो, अहिले चिसोका कारण रोग लागेर नोक्सान पु-याएको छ ।”