राष्ट्रपतिसमक्ष युके र भियतनामका राजदूतले पेश गरे ओहोदाको प्रमाणपत्र

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि दुई देशका नवनियुक्त राजदूतले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रबर्ट डोमिनिक रसल फिन र समाजवादी गणतन्त्र भियतनामका नवनियुक्त गैरआवासीय राजदूत गुएन थान हाईले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाई आफ