काठमाडौँ। बालुवाटार बैठकमा सहभागी नेकपा एमालेका तीन केन्द्रीय सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलाई मङ्गलवार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केन्द्रीय सदस्यद्वय खिमलाल भट्टराई र विष्णु रिजालमा पनि सङ्क्रमण पुष्टि भएको छ । […]