दलीय भागबन्डामा नियुक्त पदाधिकारीको स्वार्थका कारण अख्तियार भ्रष्टाचारका ठूला फाइल र उच्च पदाधिकारी माथि अनुसन्धान गर्नै नसक्ने अवस्थामा पुगेको छ । स–साना मामिलामा हात हालेर काम गरेको देखाउनुपर्ने बाध्यतामा छ यो संवैधानिक अंग ।
२४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उपभोक्ता समितिहरु दलाल जस्तो भएको टिप्पणी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न विधेयकमाथि राज्य व्यवस्था समितिमा बुधबार भएको छलफलमा प्रमुख आयुक्त राईले समुदायमार्फत काम होस् भनेर उपभोक्ता समितिमार्फत काम गराउने अवधारणा आएको बताए । तर, पछिल्लो सरकारले उपभोक्ता समितिलाई […]
नेपाल बार एसोसिएसनको चेतावनीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हच्किएको छ। आयोगले न्यायिक स्वतन्त्रताप्रति आफू प्रतिवद्ध रहेको स्पष्टीकरण दिएको छ।
विशेष अदालतको फैसलाबारे गरेको टिप्पणीलाई नेपाल बारले आपत्ति जनाएपछि अख्तियारले वक्तव्य जारी गर्दै...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिएका छन् ।
मंगलवारबाट लागू हुने गरेर सहसचिव श्यामप्रसाद भण्डारीलाई प्रवक्ता तोकिएको हो ।
प्रवक्ताको सम्पर्क नम्बर ९८५१२३३२८१ रहेको छ ।
मोरङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित वन कटानको विषयमा छानबिन गर्ने भएको छ। अख्तियार इटहरीका प्रवक्ता निरजकुमार देवले सुन्दरहरैंचा नगरपालिकास्थित सलकपुर सामुदायिक वनमा भएको अनियमितताबारे छानबिन सुरु भएको जानकारी दिए। सब–डिभजिन वन कार्यालय सलकपुरले सामुदायिक वनमा उपभोक्ता समितिले आदेशभन्दा बढी काठ कटान गरेको जनाएको थियो। उपभोक्ता समितिले वन कटानमा भ्रष्टाचार गरेको […]
बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धमा यहाँ आयोजित अन्तरक्रियामा उनले सरोकार भएका सबै पक्षको समन्वय र सहकार्यमा मात्र भ्रष्टाचार न्यूनीकरण भएर जाने उल्लेख गरे । ‘अख्तियार मात्रैको जिम्मामा छाडिदिएर भ्रष्टाचार रोकिन्न, यसमा राज्यका निकाय, सङ्घसंस्था, नागरिक समाज, […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमित स्रोतसाधनका बाबजुद पनि भ्रष्टाचार नियन्त्रणमा राम्रा काम गरिरहेको छ तर अख्तियार यतिमा मात्रै चित्त बुझाएर बस्ने अवस्था छैन । किनकि विभिन्न बहानामा देशमा भ्रष्टाचारजन्य गतिविधि र कार्यहरू बढिरहेका छन् । त्यसैले अख्तियारले आफ्नो भूमिका अझै सशक्त र प्रभावकारी बनाउनुपर्छ । पछिल्ला वर्षमा भ्रष्टाचारको डिग्री निकै नै बढिरहेको छ । देश […]
The post अख्तियार अझै जाग्नुपर्छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.