आठौं फर्मा एक्स्पो फागुनमा, यसपटक पनि चितवनमा हुँदै

चितवनमा ८ औं  नेपाल फर्मा एक्स्पो हुने भएको छ। एक्स्पोको लागि आवश्यक काम अगाडि बढिसकेको छ। एक्सपो फागुन ६ देखि ८ गतेसम्म हुने छ।

सम्बन्धित सामग्री

यसपटक पनि चितवनमा नै फर्मा एक्स्पो किन?

नेपाल फर्मा एक्स्पो सन् २००५ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आइरहेको छ। पहिलोदेखि छैटौसम्म फर्मा एक्स्पो काठमाडौँमा भएको थियो भने सातौ देखि नवौंसम्मको एक्स्पो चितवनको भरतपुरमा हुँदै आएको छ। काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पोमा सातौ संस्करणदेखि लगातार चितवनमा हुँदै आएको छ।

चितवनमा बढ्यो दूधको खपत

चितवन । चितवनमा दूधको खपत बढेको छ । आर्थिक क्षेत्रमा देखिएको उतारचढाव र आयातित धूलो दूधका कारण ३५ प्रतिशतसम्म स्वदेशी उत्पादनको विक्री घटेको चितवनमा पर्वको समयमा दूधको खपत बढेको हो । विशेषगरी दशैंमा दूधका विभिन्न परिकार दही, पनीर, नौनी, घ्यू, आइसक्रिम लगायतका उत्पादनको माग बढेको जिल्ला दुग्ध सहकारी संघ, चितवनले जानकारी दिएको छ ।  संघका अध्यक्ष किशोर बगालेले विगतको दशैंको तुलनामा यसपटक दूधको खपत बढेको बताए । यस्तै सामान्य अवस्थाको तुलनामा १० देखि १५ प्रतिशतसम्म बढी दुग्ध पदार्थ विक्री भएको उनको अनुमान छ । ‘आर्थिक मन्दी र भारतबाट आयातित दूधका कारण हाम्रो दूध विक्री हुन सकेको थिएन,’ उनले भने, ‘अहिले चितवनमै पनि खपत बढ्यो, बाहिरबाट माग समेत बढ्यो ।’ विशेषगरी दशैंमा दूधका विभिन्न परिकार दही, पनीर, नौनी, घ्यू, आइसक्रिम लगायतका उत्पादनको माग बढेको जिल्ला दुग्ध सहकारी संघ, चितवनले जानकारी दिएको छ । यसअघि संघले अन्य पेयपर्दाथको सट्टा ‘दूधको प्रयोग बढाऔं, स्वस्थ रहौं’ नाममा सचेतना अभियान चलाएको थियो । चितवनकै ठूलो दुग्ध सहकारीमध्येको अन्नपूर्ण दुग्ध सहकारी संस्थामा पनि दशैंमा दूध संकलन र विक्रीवितरण बढेको छ । दैनिक ६ हजार लिटरभन्दा बढी दूध संकलन गर्ने यस सहकारीमा संकलन, खपत र विक्री वितरण बढेको संस्थाका अध्यक्ष प्रदीप तिमल्सिनाले जानकारी दिए । दशैंको समयमा दूध, दही, पनीर नौनीको विक्री बढेको उनको भनाइ छ । ‘अन्य बेला दूध विक्री हुन गाह्रो थियो, डेरीबाट रकम पाउन पनि मुश्किल थियो, तर दशैंमा अधिकांश दूध खपत जिल्लामै भयो,’ उनले भने । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे दशैंमा दूधको खपत सन्तोषजनक रहे पनि अन्य समयमा निराशाजनक हुने गरेको बताउँछन् । ‘दशैंमा दूधको खपत त राम्रै बढेको छ, हामीले धेरै भण्डारण गरेर राख्नुपरेन,’ उनले भने । चितवन लगायत अन्य जिल्लामा पनि दूधको उत्पादन राम्रै भए पनि यस वर्ष भारतीय धूलो दूधको कारण स्वदेशी उत्पादनले बजार पाउन नसकेको उनको भनाइ छ । ‘राज्यको नीति किसानमैत्री हुनुपर्‍यो, रकम समयमै पाउनुपर्‍यो,’ उनले भने, ‘अहिले दाना, औषधि बैंकको ब्याजका कारण प्रतिलिटर ७० रुपैयाँ लागत छ । तर सहकारीलाई प्रतिलिटर ६५ रुपैयाँमा बेच्नुपरेको छ ।’ चितवनमा दैनिक ३ लाख लिटर हाराहारीमा दूध उत्पादन हुन्छ । चितवनमा ११५ ओटा दुग्ध सहकारीबाट दूध संकलन हुने गरेको छ ।

चितवनमा कांग्रेस, एमाले र माओवादी ‘किक आउट’, उदायो रविको पार्टी

चितवनका प्रतिनिधिसभाका तीन क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारले चुनाव जित्न सकेनन् । अर्थात् चितवनबाट यसपटक प्रमुख तीन दल 'किक आउट' भएका छन् ।

चितवनमा कसको पल्ला भारी

डा. भोजराज अधिकारीको यसपटक निर्वाचनमा उम्मेदवार बन्ने कुराको कल्पनासम्म थिएन। उनी चिकित्सक पेसामा रमाइरहेका थिए।...

चितवनमा केन्द्रीय नेताकै वडामा हार्‍यो एमाले

११ जेठ, चितवन । चितवनमा नेकपा एमालेले अघिल्लो चुनावको तुलनामा राम्रो नजिता ल्याउन सकेन । तर, ३ पालिका प्रमुख, ४ उपप्रमुख, ३६ वडाध्यक्षसहित २४२ जनप्रतिनिधि जितेर एमाले जिल्लामा पहिलो दल बनेको छ । तथापि चुनावी परिणाम अपेक्षा गरेको भन्दा कम आएको एमाले नेताहरु बताउँछन् । एमालेले यसपटक ‘मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौ’ […]

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा

काठमाडौं, वैशाख ३० । चितवनका सातवटै पालिका तहमा मतगणना स्थललाई सुरक्षित बनाइएको छ। मतगणना स्थलमा फलामको बारसहित जाली, सिसी क्यामरा जडानलगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। ‘मतपत्र सुरक्षा गर्न आवश्यक सुरक्षा व्यवस्था बनाइएको छ। भरतपुर महानगरपालिकासहित सबै तहमा सिसी क्यामरासहित जाली लगाइएको छु उनले भने, ‘यसपटक मतपत्र च्यात्न […]

‘चितवनमा कांग्रेसले माओवादी बोक्दैन’

१२ चैत, चितवन । फागुन तेस्रो साता १४औं जिल्ला अधिवेशनबाट नेपाली कांग्रेसको चितवन जिल्ला सभापति बने राजेश्वर खनाल । स्थानीय तह निर्वाचन अभियानमा जुटेका उनी ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत विभिन्न पालिका र वडा–वडाका कार्यक्रममा सक्रिय छन् । २०७४ मा चितवनका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा मात्र प्रमुख जित्न सकेको कांग्रेसलाई यसपटक गुमेको साख फर्काउने […]

एमाले महाधिवेशनबारे सात प्रदेशका सात महिला प्रतिनिधि के भन्छन् ?

११ मंसिर, चितवन । चितवनमा शुत्रबार सुरु भएको नेकपा एमालेको १० औं महाधिवेशनमा शनिबार बन्दसत्र सुरु भएको छ । देशभरबाट आएका करिब दुई हजार प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेपछि महाधिवेशन सकिनेछ । यसपटक एमालेको महाधिवेशन प्रतिनिधिमा महिलाको संख्या विगतमा भन्दा धेरै छ । केन्द्रीय समितिमा पनि महिला प्रतिनिधित्व ३३ प्रतिशत पु¥याइएको छ । महाधिवेशनबारे देशका […]

धान खेतमा मल हाल्न नपाएका किसानले गहुँमा पनि मल हाल्न पाएनन्

चितवनमा यस पटक पनि मल अभाव भएको छ । धान खेतमा हाल्ने मलका लागि घण्टौं लाइनमा बसेका चितवनका किसान गहुँ, जौँ र तोरोमा हाल्ने मल नपाएपछि पुन लाइनमा बस्न बाध्य...

चितवनमा दूधको उपभोग बढ्यो

चितवन (अस) । निषेधाज्ञा खुकुलो भएर विक्रीवितरण सहज भएसँगै चितवनमा दूधको उपभोग बढेको छ । माग बढ्दै गए पनि निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय उत्पादन भने घटेको किसानले बताएका छन् । भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न त घरवालाले माग्थे न त डेरी पसल नै दिनभर खुल्थे,’ उनले भने, ‘पहिले बजार आफैले लैजाँदा फर्काउनु पथ्र्यो, अहिले उत्तिखेरै विक्री हुन्छ ।’ हाल आफूले दैनिक ४० लिटर दूध विक्री गर्दै आएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी, पसल, होटल, चिया पसल र घरमा दूध पु¥याउँदै आएका छन् । कतिपयले सहकारीमार्फत दूध विक्री गर्दै आएका छन् । भरतपुर महानगरपालिका–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल भने अहिले दुग्ध खपत बढेको भन्दा पनि उत्पादन नै कम भएको बताउँछन् । ‘अहिले माग त छ, तर दूध उत्पादन छैन,’ उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन हुन्थ्यो, अहिले १ हजार ५०० लिटर संकलन हुने गरेको छ ।’ राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसान पनि घटे, दूध उत्पादन पनि घट्यो,’ उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि विक्री राम्रै जस्तो देखिएको मात्र हो ।’ विशेषगरी साउनमा चाडपर्व र व्रत बस्ने प्रचलन कारण दूधको उपभोग बढेको उनले बताए । साउनमा उत्पादन घट्ने र उपभोग बढ्ने भएकाले पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको हो । चितवनमा अन्य समयमा दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेकोमा हाल करीब ३ लाख लिटर उत्पादन हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले बताए । हाल घरघरमै दूधको माग र उपभोग बढी भएकाले पनि बजारमा दूध अभाव समेत देखिएको उनको भनाइ छ । उनका अनुसार अन्य समयमा चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत स्थानीयस्तरमै हुने र बाँकी अन्य जिल्लामा पठाउने गरिए पनि अहिले आधा यहीँ खपत भएर बाँकी बाहिर पठाउने गरिएको छ । यसपटक ४५ दिनको निषेधाज्ञा अवधिमा मात्र चितवनमा ११ करोड ७ लाख ८१ हजार रुपैयाँ बराबरको नोक्सान बेहोर्नुपरेको गुनासो किसानको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० ओटा दुग्ध सहकारी छन् । जिल्लाका ४० हजार किसानले दूध बेच्ने गर्दछन् ।