पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न, ‘मल खरिदमा आधा बजेट कटौती गर्ने अनि उत्पादन वृद्धि गर्छु भन्ने ?’

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको बजेट नीतिमाथि प्रश्न उठाएका छन् । बुधबार जारी प्रतिनिधिसभामा बजेटको कार्यक्रममाथिको छलफलमा बोल्दै पाण्डेले कृषि मलको आपूर्ति विना कृषि उत्पादन कसरी हुनसक्छ भनेर प्रश्न गरे । ‘सरकारले बजेट मार्फत धान, मकै गहुँ लगायतका केही कृषिजन्य वस्तुको आयात ३० प्रतिशतले कटौती गर्ने भनेको छ । बजेट पुरै कृषि उत्पादनमा केन्द्रित भएको भनिएको छ । तर मल नै नभई कसरी उत्पादन वृद्धि हुन्छ, अर्थमन्त्री ज्यू ?’ प्रतिप्रश्न गर्दै पूर्वमन्त्री पाण्डेले भने, &lsq