मकवानपुर । बागमती प्रदेशका १३ वटै जिल्लाका खेलकुद विकास समिति अध्यक्षहरू पदमुक्त भएका छन् । गत बिहीबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास नियमावली संशोधन गरी जिल्ला अध्यक्षहरूको पदावधि दुई वर्ष कायम गरेसँगै उनीहरू पदमुक्त भएका हुन् ।अघिल्लो सरकारले अव्यवस्थित रूपमा पदावधि नै कायम नगरी उनीहरूलाई नियुक्त गरेको हाल नियमावली संशोधन गरेर २ वर्ष कायम गरेसँगै उनीहरू स्वतः पद मुक्त भएको युवा तथा खेलकुद विकास मन्त्रालयले जनाएको छ ।उनीहरू तत्कालीन नेकपाको सरकार कायम रहँदा नियु