ईश्वर पोखरेलको टिप्पणी- प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा  मुद्दा हाल्ने, अनि पार्टी एकताको गीत गाइरहने ?

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षप्रति कटाक्ष गरेका छन्। आज ट्वीट गर्दै उनले प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा मुद्दा पनि हाल्ने र पार्टी एकताको गीत पनि गाइरहेको बताएका हुन्।  ‘पार्टी नेतृत्वका विरूद्ध गठबन्धनको वकालत गर्ने- त्यसमा ‘निष्ठापूर्ण प्रतिबद्धता’ जनाउने, आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई  प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने !! अनि पार्टी एकताको गीत गाइरहने !!हत्तेरिका कसरी सकेको !!, ’ उनले ले...