लामो समयदेखि मानसिक समस्या खेपिरहेकी अछामको रामारोशन गाउँपालिका—२ की एक महिलाले गत वर्ष आत्महत्या गरिन् । उनले तनाव खेप्न नसकेर नै आत्महत्या गरेको उनका छिमेकी बताउँछन् । लामो समयसम्म भारतमा रोजगारीका लागि बसेका उनका श्रीमान् कोरोना संक्रमण बढेपछि घर आएका थिए ।