रुस र युक्रेनबीच दोस्रो चरणमा वार्ता : युद्ध रोक्नेतर्फ कुनै प्रगति हुन सकेन

रुस र युक्रेनबीच दोस्रो चरणकाे वार्ता भएको छ । वार्तामा युद्ध रोक्नेतर्फ कुनै प्रगति हुन सकेको छैन । तर युक्रेनबाट बाहिरिन चाहने नागरिकका लागि बाटो दिन दुवै पक्ष सहमत भएका छन् । युक्रेन–बेलारुस सीमा नजिक भएको वार्तामा मानवीय करिडोर व्यवस्थित गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वार्ता सुरु हुनुअघि दुई देशका प्रतिनिधिले हात मिलाएका थिए । वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल हिजो बिहीवार हेलिकप्टरबाट वार्तास्थल पुगेको थियो । रूसी वार्ताकारको नेतृत्व गरेका राष्ट्रपति भ्लादिमिर पुट...

सम्बन्धित सामग्री

‘बरु ध्वस्त हुन्छौँ, रुस समक्ष आत्मसमर्पण गर्दैनौँ’

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको सिधा वार्ताका लागि फेरि आह्वान गरेका छन् । जारी युद्ध रोक्ने एकमात्र विकल्प पुटिनसँगको सिधा वार्ताबाट मात्रै सम्भव रहेको उनले उल्लेख गर्दै आएका छन् । युक्रेन र रुसका प्रतिनिधिबीच विभिन्न चरणको वार्ता भए पनि हालसम्म कुनै प्रगति हाँसिल भएको छैन । युद्धको आदेश पुटिनले दिएको र त्यसलाई […]