कोरोना संक्रमण बढेपछि सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य बन्द गरेको जनाएको छ । सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि स्वीकृति पत्र दिने कार्य बन्द गरेको जानकारी दिएको हो । कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) विश्वभरिनै फैलिरहेको हुँदा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म स्वीकृति