अख्तियारको स्टिङ अपरेसनबारे सर्वोच्चको फैसला– सुशासनको क्षेत्रमा कस्तो पर्ला प्रभाव ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफैं घूस रकम दिएर स्टिङ अपरेशन गर्न सक्ने व्यवस्थालाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ३० मा रहेको प्रावधानलाई सर्वोच्चको संवैधानिक इजलासले बदर गरिदिएको हो । मंगलवार सर्वोच्चको संवैधानिक इजलाशले गरेको फैसलामा– ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली- २०५९ को नियम ३० मा रहेको प्रावधान नेपालको संविधानको धारा १३३ को उपधारा(१) बमोजिम आजका मितिले लागू हुने गरी अमान्य र बदर हुने ठहर्छ । हाल मुद्दाको सुनुवाइ अन्तिम...