रुकुमका स्थानीय तहद्वारा बजेट निर्माण प्रक्रिया शुरु : कोरोना नियन्त्रण प्राथमिकतामा

जेठ ३०, रुकुम पश्चिम । रुकुम पश्चिमका स्थानीयतहरुले बजेट निर्माण प्रक्रिया शुरु गरेका छन् । जिल्लाका ६ ओटै स्थानीय तहहरुले बजेट निर्माण प्रक्रिया शुरु गरेका हुन् ।  बजेट निर्माणमा रुकुम पश्चिमका स्थानीयतहहरुका प्रमुखहरुको बैठकले कोभिड-१९ महामारीबाट जनताको सुरक्षा गर्ने कार्यलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम तय गर्ने निर्णय गरेको छन् ।  जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माको संयोजनमा भएको बैठकमा विगतका कार्यक्रमहरुको समीक्षा गर्दै आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा समेट्नु पर्ने विषयबारे विस्तृत रुपमा छलफल भएको छ । जिल्लास्थित ६ ओटै पालिकाहरुमा कोभिड–१९ महामारीका कारण सोचेजति काम गर्न नसकिएता पनि लक्ष्य अनुरुपका कार्यक्रमहरु आधारभूत रुपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । आगामी वर्षको लागि कोभिड महामारी न्यूनीकरण र विगतका अधुरा आयोजनाहरु सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने निर्णय भएको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले जानकारी दिएका छन् ।   मुसीकोट नगरपालिकामा दुग्ध उद्योग, चौरजहारी नगरपालिकामा बीउ प्रशोधन उद्योग तथा आठवीसकोट नगरपालिकामा ड्राइफुड र काष्ठ उद्योग सञ्चालनमा ल्याउने गरी नयाँ कार्यक्रम तय गर्ने निर्णय भएको छ ।  यसैगरी, सानीभेरी गाउँपालिकामा गार्मेन्ट उद्योग, त्रिवेणी गाउँपालिकामा अदुवा प्रशोधन उद्योग र बाँफिकोट गाउँपालिकामा जलविद्युत् र गलैंचा उद्योग सञ्चालनमा ल्याउने गरी बजेट विनियोजन गरिने भएको छ ।  त्यस्तै, बैठकमा पूर्वमन्त्री एवम् सांसद जनार्दन शर्माको पहलकमी, पालिका र जिल्लास्थित सरकारी निकाय तथा स्वास्थ्य संस्थाहरुको सक्रिय परिचालनका कारण जिल्लामा कोभिड-१९ महामारीले उग्र रुप लिन नपाएको निष्कर्ष पनि निकालिएको छ । बैठकमा पूर्वमन्त्री शर्माले कोभिड नियन्त्रणलाई उच्च प्राथमिकता दिएर नीति कार्यक्रम तय गर्न पालिका प्रमुखहरुलाई आग्रह गरेको जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

स्थानीय तहको बजेट निर्माणमा कोरोना नियन्त्रण प्राथमिकता

रुकुम । रुकुमका स्थानीय तहले बजेट निर्माण प्रक्रिया शुरू गरेका छन् । रुकुम पश्चिमका ६ ओटै स्थानीय तहले बजेट निर्माण प्रक्रिया थालेका हुन् । जिल्लाका स्थानीय तहका प्रमुखहरूको बैठकले कोभिड महामारीबाट जनताको सुरक्षा गर्ने कार्यलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गर्ने निर्णय गरेका छन् । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माको संयोजनमा हालै भएको बैठकमा विगतका कार्यक्रमको समीक्षा गर्दै आगामी वर्षका नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने विषयबारे विस्तृत छलफल भएको छ । जिल्लास्थित ६ ओटै पालिकामा कोभिड–१९ महामारीका कारण अपेक्षित काम गर्न नसकिए तापनि प्राथमिकताका कार्यक्रम आधारभूत रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । आगामी वर्षका लागि कोभिड महामारी न्यूनीकरण र विगतका अधुरा आयोजना सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने निर्णय भएको जिल्ला समन्वय समिति प्रमुख शर्माले जानकारी दिए । जिल्लाको मुसीकोट नगरपालिकामा दुग्ध उद्योग, चौरजहारी नगरपालिकामा बीउ प्रशोधन उद्योग, आठबीसकोट नगरपालिकामा ड्राइफुड र काष्ठ उद्योग सञ्चालनमा ल्याउने गरी नयाँ कार्यक्रम तय गर्ने निर्णय भएको छ । यसैगरी सानीभेरी गाउँपालिकामा गार्मेन्ट उद्योग, त्रिवेणी गाउँपालिकामा अदुवा प्रशोधन उद्योग र बाँफिकोट गाउँपालिकामा जलविद्युत् तथा गलैंचा उद्योग सञ्चालनमा ल्याउने कार्यक्रम बजेटमा समेटिने भएको छ । बैठकमा पूर्वमन्त्री एवं सांसद जनार्दन शर्माको पहलकदमी र पालिका एवं जिल्लास्थित सरकारी निकायका साथै स्वास्थ्य संस्थाको सक्रिय परिचालनका कारण जिल्लामा कोभिड महामारी नियन्त्रणबाहिर जान नपाएको निष्कर्ष पनि निकालिएको छ । बैठकमा पूर्वमन्त्री शर्माले कोभिड नियन्त्रणलाई उच्च प्राथमिकता दिएर नीति तथा कार्यक्रम तय गर्न पालिका प्रमुखहरूलाई आग्रह गरेको बताइएको छ ।