जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो ।
दमौली – आँबुखैरेनी गाउँपालिका–२ खानीखोलाकी ६० वर्षीया अपाङ्गता महिला राममाया गुरुङलाई जिल्ला प्रशासन कार्यालय तनहुँले घरमै पुगेर नागरिकता वितरण गरेको छ । हिँडडुल गर्न नसक्ने ती महिलालाई कार्यालयसम्म आवतजावतका लागि समस्या हुने भएपछि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् । “नागरिकलाई सकभर छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु […]
भक्तपुर, १९ पुस । भक्तपुर मध्यपुरथिमि-४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाउनुभयो । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरैमा नागरिकता लगिदिएपछि उहाँमात्र नभई सबै परिवार निकै खुसी हुनुभयो । शारीरिक रुपमा अशक्त श्रेष्ठले स्थानीय तहको सिफारिस, जनप्रतिनिधिको सहयोग तथा सबै प्रशासनिक प्रक्रिया पूरा भएपछि घरमै नागरिकता पाउँदा औधी खुसी भएको बताउनुभयो । श्रेष्ठ मात्रै […]
अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्न शुरू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान शुरू गरेको हो ।
अपाङ्गता भएका व्यक्ति नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण शुरू गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताइन् ।
उनले जिल्लाको गैँडाकोट नगरपालिकाबाट अभियानको सुरुआत ...
कावासोती, १६ भदौ । अपाङ्गता भएका व्यक्तिहरू नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी मनमाया पँगेनीले गैँडाकोट […]
जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गर्ने अभियान सुरु गरेको छ ।
गैंडाकोट नगरपालिकाबाट यो कार्यक्रम सुरुआत गरिएको हो । गैंडाकोट नगरपालिका १३ र १२ का अति अशक्त रुपमाया सापकोटा र अपाङ्गता भएका सौरभ हमाल र समिर थापालार्ई घरमै पुगेर नागरिकता वितरण गरेर यो अभियान सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै आठ वटै स्थानीय तहसँग समन्वय गरेर अभियानलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो ।
लमजुङ : जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका–१० का अपांगता भएका दुई महिलालाई घरमै नागरिकता प्रदान गरिएको छ। अपांगताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनीहरुलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो।घडेरीकी ४१ वर्षीया सन्तमाया तामाङ र बेसी भाचोककी २३ वर्षीया कृष्णा घिमिरेलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। शनिवार प्रजिअ शर्मा सहितको टोली घिमिरे र तामाङको घरमा पुगेको थियो। विविध कारण जिल्ला प्रशासन कार्यालयसम्म आएर न