देशभर चिसो बढ्यो, बंगलादेशको न्यून चापीय प्रणालीको असर

काठमाडौं : काठमाडौं उपत्यकासहित देशैभर चिसो बढ्दै गएको छ। काठमाडौं उपत्यकामा आज यस वर्षकै कम तापक्रम मापन भएको छ। आज बिहान पौने ६ बजे उपत्यकाको तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो यस बर्षको जाडो सुरु भएयताको कम तापक्रम मापन भएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।उपत्यकाको हिजोको न्युनतम तापक्रम ८ दशमलव ४ र अस्ति ८ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । तापक्रम दिनहुँ घट्ने क्रममा रहेको छ