अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ ।
योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गएको शुक्रवारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा नआएपछि आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।
डढेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहले प्रयास गरिरहेका छन् । डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ भने डढेलोका कारण १० वटाभन्दा धेरै घर जलेर जष्ट भएका छन् ।
डढेलो ११ हजार ९०० एकड जमिनमा फैलिइसकेको छ । यसलाई अमेरिकाकै सबैभन्द...