पूर्वमन्त्री एवं नेपाली काँग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढी पीडितलाई रु ३० लाख बराबरको राहत उपलब्ध गराएका छन् । उनीहरुले मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री राहतस्वरुप उपलब्ध गर्राएका हुन् । उनीहरुले मनाङका चारवटै गाउँपालिकाका लागि राहत वितरण गरेका हुन् । उनीहरुले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पुर्याएका थिए । खराब मौसमका कारण खाद्यान्न पुर्याउन नसकिएका बाँकी ठाउँमा मौसम