नर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको फ्री ओपीडी हुने

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार दुई फरक विज्ञहरूको टिमले निःशुल्क सेवा दिने भएका छन् । नर्भिक अस्पतालमा रहेको युरोलोजिस्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको हो । युरोलोजिस्टको पूरा टिम नै सहभागी भई निःशुल्क ओपीडी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।...